पचरौतमा आगलागी, ३ घर जलेर नष्ट
वीरगञ्ज । बाराको पचरौता नगरपालिका ४ इनर्वा गाउँमा आज दिउँसो आगलागी हुँदा ३ घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् भने थप ३ वटा घरमा आंशिक क्षति भएको छ ।

आगलागीबाट लाखौँको क्षति भएको पचरौता नगरपालिकाका प्रमुख जलन्धर सिंहले जानकारी दिनुभयो । स्थानीय सुगिन्दर पटेल, राजा मोहन पटेल र रामचरित्र बैठाको घर गोठ पूर्ण रुपमा जलेर क्षति भएको सिंहले बताउनुभयो ।

सिम्रौनगढ नगरपालिका, गढीमाई नगरपालिका तथा देवताल गाउँपालिकाबाट आएका ३ वटा दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय बासिन्दाको प्रयासबाट तत्काल आगो नियन्त्रणमा लिइएका कारण ठूलो क्षति हुनबाट जोगिएको नगर प्रमुख सिंहले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्