तपाईँ सुन्दै हुनुहुन्छः

कानुन कार्यान्वयनमा सांसदहरूको जोड

काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले महिला हिंसा अन्त्यका लागि बनेका कानून प्रभावकारी रुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ । 

राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको आज संसद् सचिवालय सिंहदरबारमा बसेको बैठकमा मन्त्री आचार्यले महिलाका सवालमा बनेका  कानुनमा कमीकमजोरी भए पुनरावलोकन गर्न सकिने बताउनुभयो । 

बैठकमा सांसदहरु कमला पन्त, विमला घिमिरे, नारायणप्रसाद दाहाल, सिंहबहादुर विश्वकर्मालगायतले महिलामाथि विभिन्न खाले हिंसाका घटना बढ्दै गएको बताउनुभयो  । 

महिला हिंसाको उजुरी र गुनासो सुनुवाइ हुने महिला विकास कार्यालय नहुँदा हिंसा पीडितलाई समस्या परेको भन्नुहुँदै सांसदहरुले महिला विकास कार्यालय पुनः स्थापना गर्न माग गर्नुभयो । 

बैठकमा अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष यशोदा सुवेदी गुरुङले संविधानमा महिलाका मुद्दा पर्याप्त सम्बोधन हुन नसकेको विचार व्यक्त गर्नुभयो ।  

बैठकमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव सुमनराज अर्यालले मन्त्रालयले अपाङ्गता सम्बन्धी राष्ट्रिय नीति बनाइरहेको जानकारी गराउनुभयो । 

त्यसैगरी नेपाल अपाङ्ग महिला महासङ्घकी अध्यक्ष टिका दाहालले सरकारले दिगो विकासको लक्ष्य हासिल गर्न राम्रो तयारी गरिरहेको बताउनुभयो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button