पासवर्ड ह्याक गरी बैङ्कबाट रकम झिक्ने व्यक्ति पक्राउ
विराटनगर । मोरङमा पासवर्ड ह्याक गरेर बैङ्कबाट रकम झिक्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुन्दर हरैचा नगरपालिका विराट चोकस्थित दुई वटा बैङ्कबाट पासवर्ड ह्याक गरेर रकम निकाल्ने स्थानीय ३६ वर्षीय देवराज सिग्देल आज पक्राउ परेका हुन् ।
सिग्देलले आरए भिजन एकाउन्ट सोलुसन प्रालिका एकाउन्टेन्ट रमेश आचार्यको नबिल बैङ्कमा रहेको खाताबाट विभिन्न समयमा रु २८ हजार तथा आचार्यका काका ओमनाथ आचार्यको माछापुच्छ्रे बैङ्कमा रहेको खाताबाट विभिन्न मितिमा रु ६६ हजार निकालेको उजुरी परेको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्