तपाईँ सुन्दै हुनुहुन्छः

चापाकल सुक्दा बारा, पर्सामा खानेपानीको समस्या

वीरगञ्ज । प्रचण्ड गर्मी र खडेरीसँगै लामो समयदेखि पानी नपरेका कारण जमिनमुनिका पानीको सतह सुकेपछि वीरगन्जसहित बारा, पर्सामा चापाकलबाट पानी नआएपछि सर्वसाधारण प्रभावित भएका छन् ।

शहरी क्षेत्रसँगै विशेष गरी ग्रामीण भेगका चापाकल तथा बोरिङ सुक्ने क्रम बढेका छन् । पर्साको ठोरी गाउँपालिकाको विभिन्न बस्तीहरूमा चापाकल र बोरिङ सुक्न थालेको ठोरीका स्थानीय प्रकाश खनालले बताउनुभयो ।

ठोरीको गडुवा लाइन, क्षेत्री लाइन, बाघमोर्चा, आठघरे, बुद्ध टोल, वडा नं ४ मा पर्ने विजय बस्ती, गोपी बस्ती, माली बस्ती लगायतका क्षेत्रमा चापाकल र बोरिङ सुकेको कारण खानेपानीको समेत समस्या भएको खनालले बताउनुभयो ।

यसैगरी वीरगञ्ज महानगरपालिकाको बिर्ता, नगवा, जेल रोड, रेल्वे रोड, रानी घाट, श्रीपुर क्षेत्रका चापाकलका धाराहरू समेत सुकेपछि नगरवासी प्रभावित हुँदै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button