तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षामा लगानी बढाए मात्रै गुणस्तर : शिक्षा मन्त्री राई 

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईलेले शिक्षामा गुणस्तर वृद्धि गर्न लगानी बढाउनुपर्ने बताउनुभएको छ । 

राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको आज संसद् सचिवालय सिंहदरबारमा बसेको बैठकमा मन्त्री राईले शिक्षामा लगानी गर्न सकेन भने गुणस्तर वृद्धि गर्न पनि नसकिने बताउनुभयो । 

बैठकमा शिक्षा सचिव रामकृष्ण सुवेदीले सरकारले राष्ट्रिय जनशक्ति नीति तयार गरेर सार्वजनिक गरेको  बैठकमा जानकारी गराउनुभयो । 

बैठकमा सांसदहरु बामदेव गौतम, कमला पन्त, विमला घिमिरे, नारायणप्रसाद दाहाल।, कृष्णप्रसाद पौडेल, भुवनबहादुर सुनुवारलगायतले संघीय शिक्षा ऐन तत्काल अघि बढाउनुपर्ने, क्षमतावान् जनशक्ति उत्पादनका लागि समय सुहाउँदो पाठ्यक्रम बनाउनुपर्नेमा जोड दिनुभयो । 

त्यसै गरी उहाँहरूले  सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाले समयमै पाठ्यपुस्तक पाए पनि भर्ना हुने विद्यार्थी सङ्ख्या भने घटेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button