तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस पदाधिकारी बैठक: कोशी प्रदेश सरकार परिवर्तनका विषयमा छलफल

काठमाडौँ । नेपाली काँग्रेसको आज बसेको पदाधिकारी बैठकमा कोशी प्रदेशमा सरकार परिवर्तनका विषयमा छलफल भएको छ ।

file photo

नेपाली काँग्रेसको पदाधिकारीको बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै पार्टीका सहमहामन्त्री जीवन परियारले कोशी प्रदेश सरकारका विषयमा संघीय सरकारसँग तालमेल मिलाउनका लागि पार्टीमा बहस र छलफल सुरु भएको जानकारी दिनुभयो ।

बैठकमा नागरिकता विधेयकका बारेमा पनि गम्भीर छलफल भएको उहाँले बताउनुहुँदै पार्टीका भातृ सङ्गठनहरूको बारेमा राय सुझाव सङ्कलन गर्ने कार्य पनि जारी रहेको बताउनुभयो ।

नेपाली काँग्रेसले नक्कली भुटानी शरणार्थीका विषयमा सरकारलाई सत्यतथ्य, निष्पक्ष र तटस्थ रुपमा छानविन गर्न खुलेर सहयोग गरिरहेको र अनुसन्धानलाई प्रभावित नपारेको सहमहामन्त्री परियारले बताउनुभयो ।

पार्टीका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणले प्रहरीलाई अनुसन्धानमा सहयोग गरिरहेको र पार्टीले दोषी उम्काउने काम नगर्ने तथा अदालतले गरेको निर्णयलाई पार्टीले आत्मसाथ गर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button