तपाईँ सुन्दै हुनुहुन्छः

झापाका ६ पालिकामा जडीबुटी खेती विस्तार गर्न अनुदान दिने तयारी

भद्रपुर, झापा । डिभिजन वन कार्यालय झापाले जडीबुटी खेती विस्तार तथा नर्सरी प्रजातिको विकासमा अनुदान दिने भएको छ । झापाका ६ वटा गाउँ तथा नगरपालिकामा जडीबुटी प्रजाति छनौट गरी खेती विस्तारका लागि अनुदान दिइन लागेको हो ।

भद्रपुर, बिर्तामोड, मेचीनगर, दमक, अर्जुनधारा, गौरादह नगरपालिका र हल्दिवारी गाउँपालिकामा जडीबुटी खेती विस्तार गर्न लागिएको जडीबुटी सञ्जालका सचिव राजकुमार ओलीले बताउनु भयो ।

झापामा चालु आर्थिक वर्षमा सतावरी, पामारोजा, पचौली, तुलसी, अस्वगन्धा र लेमनग्रास खेतीलाई प्राथमिकता दिइएको डिभिजन वन कार्यालयकी योजना अधिकृत अञ्जना पुरीले जानकारी दिनु भयो ।

यो वर्ष दमक र बिर्तामोडका जडीबुटी किसानलाई समेत प्राथमिकतामा राखेर क्षेत्र थप गरिएको निमित्त वन अधिकृत नथुनी यादवले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button