कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं । नेपाली काँग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक र पार्टी सङ्गठनका विविध विषयमा छलफल हुने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिनुभएका पार्टीका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाणको बारेमा समेत छलफल हुने बुझिएको छ ।
यस बाहेक पार्टीको आगामी केन्द्रीय समितिको बैठक तथा भातृ र शुभेच्छुक संस्थाका बारेमा समेत छलफल हुने महामन्त्री शर्माले बताउनुभयो । कांग्रेस पदाधिकारी बैठक बुधबार पनि बसेको थियो ।








प्रतिक्रिया राख्नुहोस्