तपाईँ सुन्दै हुनुहुन्छः

नक्कली शरणार्थी बनाई अमेरिका पठाउने जो कोहीलाई पनि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगीमा संलग्न भएका जो कोहीलाई कारबाही गरिने स्पष्ट पार्नुभयो ।

आज गृह मन्त्रालयमा नेपाली कांग्रेसका नेताहरूसँगको भेटघाटका क्रममा उहाँले नक्कली शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगीमा संलग्न भएका जो कोहीलाई कारबाही गरिने बताउनुभएकाे हाे ।

उहाँले वर्तमान सरकारले लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन तथा सुशासन कायम गर्न तथा भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता राखेर काम गरेको बताउनुभयो ।   

गृहमन्त्रीसँगको भेटमा कांग्रेस नेताहरूले भ्रष्टाचारविरुद्ध उहाँले चालेको कदमको प्रशंसा गर्नुभएको थियो । नक्कली शरणार्थीसम्बन्धी यो पछिल्लो अनियमितताको अझै अनुसन्धान गरी दोषीलाई कानुनको दायरामा ल्याएर तार्किक निष्कर्षमा पुर्‍याउनसमेत नेताहरूले अनुरोध गर्नुभएको थियो । 

कांग्रेसका नेताहरू गुरुराज घिमिरे, मधु आचार्य, रञ्जित कर्ण, भूपेन्द्रजङ शाही, नरेश यादव, डा गोविन्द पोखरेललगायत आज अपराह्न गृह मन्त्रालय पुग्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button