प्रतिनिधिसभामा राप्रपाको नाराबाजी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुले आकस्मिक समयमा बेल्न पाउनु पर्ने माग गर्दै आसनबाट उठेर विरोध गर्नु भएको छ ।
प्रतिनिधि सभाको आजको बैठकको सुरुमा राप्रपाका सांसदहरू आसनबाट उठेर समसामयिक विषय उठाउनका लागि समय दिनु पर्ने माग गरेर रोष्ट्रम अगाडी उभिएर नाराबाजी समेत गर्नुभयो ।

सभामुख देवराज घिमिरेले संसदमा प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल समयमा सक्न शुन्य समय मात्रै राखेर कार्य सुची तय गरिएको भन्दै बस्न आग्रह गर्नु भयो ।
सभामुख घिमिरेको पटक– पटकको आग्रह पश्चात् पनि राप्रपाका सांसदहरुले रोष्ट्रम अगाडी उभिएर नाराबाजी जारी राखेपछि सभामुख घिमिरेले आजै १५ मिनेटका लागि बैठक स्थगित गर्नु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्