तपाईँ सुन्दै हुनुहुन्छः

प्रि-बजेटका बारेमा आज अर्थमन्त्री महतले सांसदहरूलाई जवाफ दिनुहुँदै

काठमाडौँ । अर्थमन्त्री डा‍ प्रकाश शरण महतले आज प्रि-बजेटका बारेमा सांसदहरूले राख्नुभएका धारणाका बारेमा जवाफ दिँदै हुनुहुन्छ।

गत आइतबार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले गरेको निर्णय अनुसार तीन दिनसम्म सांसदहरूले राखेका प्रि- बजेटका बारेमा आज अर्थमन्त्री महतले जवाफ दिन लाग्नुभएको हो ।

गत वैशाख २५ गतेदेखि प्रि बजेटका बारेमा छलफल भएअनुसार सांसदहरूले आ–आफ्नो धारणा राखिसक्नुभएको छ।

अर्थमन्त्री महतले राष्ट्रियसभामा सांसदहरूले उठाउनुभएका सवालको जवाफहरू भने हिजै दिइसक्नुभएको छ ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पूर्व सन्ध्यामा राजनीतिक दलहरूले प्रि बजेटका बारेमा छलफल सुरु गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button