तपाईँ सुन्दै हुनुहुन्छः

कानून दिवसको उपलक्ष्यमा सर्वोच्च अदालतद्वारा जलपान समारोहको आयोजना

कानुन दिवसका अवसरमा सर्वोच्च अदालतद्वारा मङ्गलबार आयोजित कार्यक्रममा सहभागी उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौँ । कानून दिवसको उपलक्ष्यमा सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आज जलपान समारोहको आयोजना गर्नुभयो । 

सर्वोच्च अदालत परिसरमा आयोजित जलपान समारोहमा उपस्थित हुनुभएकाहरुलाई स्वागत तथा शुभकामना व्यक्त गर्नुहुँदै सर्वोच्च अदालतका मुख्य रजिष्टार लालबहादुर कुँवरले कठिन परिस्थितिमा पनि स्वतन्त्र न्यायपालिकाको मूल्य र मान्यतालाई अक्षुण्ण राख्दै विधिको शासन, नागरिकको हक अधिकारको संरक्षण र प्रत्याभूतिका लागि न्यायपालिकाले अहम् भूमिका खेलको बताउनुभयो । 

कानुन दिवसका अवसरमा सर्वोच्च अदालतद्वारा मङ्गलबार आयोजित कार्यक्रममा सहभागी उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत । तस्बिर : रत्न श्रेष्ठ/रासस

जलपान समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, संवैधानिक अङ्गका प्रमुखहरू, विदेशी कूटनीतिक नियोगका पदाधिकारी तथा प्रतिनिधि र नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।  

“छिटो छरितो न्याय, सबैका लागि न्याय” भन्ने मूल नाराका साथ कानून दिवस विविध कार्यक्रमका साथ देशैभर मनाइएको छ । 

नेपालमा प्रधान न्यायालय ऐन २००९ वैशाख २६ गतेबाट लागू भएको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानून दिवसका रूपमा मनाउने गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button