उपराष्ट्रपतिसँग चिनियाँ राजदूतको भेट
काठमाडाैं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङ्ले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा भएको सो भेटमा उहाँहरूबीच दुई देशबीचको सम्बन्धको विविध विषयमा विचार विमर्श भएको थियो ।
भेटमा उपराष्ट्रपतिले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपालको भूमि चीन विरुद्ध प्रयोग हुन नदिइने बताउनुभएको थियो ।
सो क्रममा राजदूत सङ्ले उपराष्ट्रपतिको कार्यकाल सफलताको कामना गर्नुभएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ । रासस








प्रतिक्रिया राख्नुहोस्