राष्ट्रियसभा बैठक : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथि छलफल जारी

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथि छलफल जारी छ ।
बैठकमा सत्ता पक्षका सांसद्हरुले समावेशी र दिगो आर्थिक विकासलाई केन्द्रमा राखेर सरकारले आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता निर्धारण गरेको भन्दै प्रशंसा गर्नुभयो ।
सांसद्हरुले नवप्रवर्तन ऊर्जा, सिँचाई, कृषि, उद्योग कलकारखाना तथा पर्यटन प्रवद्र्धनलाई विशेष महत्त्व दिनु सकारात्मक भएको धारणा राख्नुभयो ।
बैठकमा प्रतिपक्षी दलका सांसद्हरुले सरकारले आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता निर्धारण गर्दा व्यावहारिक भन्दा पनि महत्त्वाकाङ्क्षी योजना अघि सारेको बताउनुभयो ।
सांसदहरुले मुलुकको आर्थिक धरातलमा टेकेर जनताको अपेक्षा बमोजिमका ठोस कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद्हरुले आगामी बजेटमा रोजगारी सिर्जना गर्ने, सेवा प्रवाहलाई प्रभावकारी बनाई सुशासन कायम गर्ने, कृषि क्षेत्रलाई प्राथमिकता दिने र महिलाहरूलाई आर्थिकरुपमा सबल बनाउने कार्यक्रम अघि सार्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रियसभाको हिजोको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथि छलफलका लागि प्रस्ताव पेश गर्नुभएको थियो।
बैठकमा सांसद्हरुले बोल्ने क्रम जारी छ ।








प्रतिक्रिया राख्नुहोस्