शिष्ट व्यवहार देखाउन सांसदहरूलाई सभामुखको आग्रह
काठमाडौँ ।प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले शिष्ट व्यवहार देखाउन स्वतन्त्र सांसद अमरेशकुमार सिंहलाई चेतावनी दिनुभएको छ ।
बैठकमा नियम विपरीत अमर्यादित व्यवहार देखाएको भन्दै सभामुख घिमिरेले पटक पटक आग्रह गर्दै सभामा शिष्ट व्यवहार देखाउन सांसद सिंहलाई चेतावनी दिनु भएको हो ।
बैठक शुरु भए लगत्तै आकस्मिक समय माग गरेपनि सभामुख घिमिरेले समय उपलब्ध नगराएको भन्दै सांसद सिंहले शरीरको माथिल्लो भागको कपडा खोलेर विरोध जनाउनु भएको थियो ।
बैठकमा सभामुख घिमिरेले नियमित कार्यसूची अनुसार सभा सञ्चालनका लागि सहयोग गर्न सांसदहरूलाई आग्रह गर्दै आकस्मिक र विशेष समय कटौती गरिएको जानकारी गराउनु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्