तपाईँ सुन्दै हुनुहुन्छः

काभ्रेको चौरी देउरालीमा यात्रुवाहक बस दुर्घटना, १२ जना घाइते

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिकास्थित सुँगुरेमा यात्रुवाहक बस दुर्घटना भएको छ।

बा २ ख ८४१८ नम्बरको बस दुर्घटना हुँदा १२ जना घाइते भएका मध्ये एकको अवस्था गम्भीर छ । 

रामेछापबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस काभ्रेपलाञ्चोकको चौरीदेउरालीमा दुर्घटनामा परेको हो । 

दुर्घटनामा १२ जना घाइते भएकोमा दुई जनालाई थप उपचारका लागि धुलिखेल लगिएको प्रहरीले जानकारी दिएको छ । अन्यको अवस्था सामान्य रहेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक अनुसार रामेछापको गुराँसेबाट छुटेको बस चौरीदेउराली गाउँपालिका वडा नं ४ सुगुरेखोला नजिकैको मोडमा दुर्घटना भएको थियो । 

जिल्ला प्रहरी कार्यालयका एसपी भागेन्द्र पुरुष ढकालका अनुसार बसका चालकले गाडीको ब्रेक फेल भएका कारण नालामा लगेर ठोक्काएको प्रारम्भिक बयान दिएका छन् ।

दुर्घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button