तपाईँ सुन्दै हुनुहुन्छः

‘नक्कली शरणार्थी प्रकरण’मा संलग्न जो कोहीलाई कारबाही गर्नुपर्छ ः उपाध्यक्ष महरा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले ‘नक्कली शरणार्थी प्रकरण’मा संलग्न जोकोहीलाई पनि कारबाही गर्नुपर्ने बताउनुभएको छ ।

काठमाडौँमा आयोजित कार्यक्रममा पार्टीका प्रवक्ता समेत रहनुभएका उपाध्यक्ष महराले सो प्रकरणमा संलग्न सबैलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।

उपाध्यक्ष महराले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिए पनि वर्तमान सरकार बहुमतमै रहेको बताउँदै सो पार्टीले समर्थन फिर्ता लिँदैमा वर्तमान सरकारलाई असर नपर्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “रास्वपाले समर्थन फिर्ता लिए पनि असर पर्दैन, सरकारलाई विश्वासको मत लिन पनि कुनै समस्या छैन, सरकार अहिले पनि बहुमतमै छ ।”

उपाध्यक्ष महराले समाजवादी मोर्चा घोषणाका लागि आफूहरू प्रयासरत रहेको बताउँदै त्यसका लागि नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपा सहितका छ वटा राजनीतिक पार्टीबिच छलफल चलिरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button