तपाईँ सुन्दै हुनुहुन्छः

सातौँ संस्करणको पोखरा स्पोर्टस् अवार्ड आज 

कास्की।  सातौँ संस्करणको पोखरा स्पोर्टस् अवार्ड आज प्रदान गरिने भएको छ ।

सातौँ संस्करणको पोखरा स्पोर्टस् अवार्ड कार्यक्रममा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड गरेर कूल सात विधामा अवार्ड प्रदान गर्न लागिएको हो । 

यी मध्येमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक र वर्ष उदीयमान खेलाडी विधाको मनोनयन सार्वजनिक भइसकेको छ । 

वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका करण केसी (बागलुङ), आर्चरीका गङ्गाबहादुर कुँवर (तनहुँ) र टेनिसका प्रदीप खड्का (कास्की) मनोनयनमा पर्नुभएको छ । 

वर्ष खेलाडी महिलातर्फ आर्चरीकी रोजिना थापामगर (बागलुङ), फुटबलकी सावित्रा भण्डारी सम्वा (लमजुङ) र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर (बागलुङ) रहनुभएको छ ।  वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेलिज नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्नेछन् 

उदीयमान खेलाडीतर्फ भलिबलका रवि केसी, फुटबलका सुमित श्रेष्ठ र क्रिकेटका सुवास भण्डारी रहेका छन् ् । वर्ष उत्कृष्ट प्रशिक्षकतर्फ आर्चरीका किशोरकुमार गुरुङ लनटेनिसका नीरज थापा  र आइटिएफ तेक्वान्दोका सुरज सुनार छन् । वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकतर्फका विजेताले नगद रु ३५ हजारको साथमा ट्रफी पाउने छन् ।

लाइफ टाइम अचिभमेन्ट अवार्ड बक्सिङ प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई प्रदान गर्ने घोषणा भइसकेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button