तपाईँ सुन्दै हुनुहुन्छः

‘ए’ डिभिजन लिग : शीर्ष स्थानको जावलाखेल पराजित

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको जावलाखेल युथ क्लब पराजित भएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा जावलाखेललाई एफसी खुमलटारले ४–२ गोल अन्तरले हराएको हो । खुमलटारको जितमा स्टेफेन समिरले ह्याट्रिक गोल गरे । मेसुके ओलुमोउको नाममा एक गोल रह्यो ।

जावलाखेलका विनोद केसीले एक गोल फर्काए । रोहित सुब्बाले एक आत्मघाती गोल गरे । खुमलटारको यो पाँचौँ जित हो । खुमलटारले १५ खेलमा १७ अङ्क जोडेको छ ।

जावलाखेलको यो पाँचौँ हार हो । जावलाखेल १५ खेलमा २४ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ ।

अर्को खेलमा हिमालयन शेर्पा क्लबले जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रबार भएको खेलमा हिमालयनले नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले हराएको हो ।

हिमालयनको जितमा अबायोमी फाकुन्ले र अमृत श्रेष्ठले एक एक गोल गरे । पुलिसका सौजन राईले एक गोल फर्काए ।

हिमालयनको यो पाँचौँ जित हो । हिमालयनले १५ खेलमा २० अङ्क जोडेको छ । पुलिसको यो आठौँ हार हो । पुलिसले १५ खेलमा १५ अङ्क जोडेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button