तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनबारे समीक्षा जरुरी : नेता कोइराला

चितवन । नेपाली कांग्रेसका नेता प्रा.डा.शशाङ्क कोइरालाले उपनिर्वाचनको परिणामबारे गम्भीर समीक्षा हुन जरुरी रहेको बताउनुभएको छ । 

आज यहाँ पत्रकारहरूसँगको कुराकानीमा उहाँले उपनिर्वाचनमा हार बेहोर्नुको कारण केन्द्रीय समितिबाट खोजिनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “हाम्रो लोकप्रियता खस्किँदै गएको हो कि भन्ने विषयमा गम्भीर समीक्षा जरुरी  छ ।” पुराना पार्टीको लोकप्रियता खस्कँदै जाँदा नयाँ शक्तिहरूको उदयमान हुनसक्ने सम्भावना रहेको उहाँको भनाइ छ । 

उहाँले थप्नुभयो, “अब हामीले पनि नयाँ नीति बनाउनुपर्ने हो कि भन्ने देखिन्छ ।” उपनिर्वाचनमा आन्तरिक कमजोरीका कारण हार बेहोर्नु परेको उहाँको अनुमान छ । अहिले पार्टीभित्रको असन्तुष्टि भनेको मन्त्रिमण्डल विस्तारमा देखिएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button