तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय एकता सुदृढ गर्न टेवा पुग्नेछ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उभौली पर्व २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै यसप्रकारका पर्वहरूका माध्यमबाट विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव र सहिष्णुताको भावना अभिवृद्धि भई राष्ट्रिय एकता सुदृढ गर्न टेवा पुग्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ । 

उहाँले प्राकृतिक ऋतुचक्रसँग एकाकार भएर जीवन निर्वाह गर्न अभ्यस्त किराँत समुदायको उभौली पर्वले मानव र प्रकृति बीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्ने उल्लेख गर्नुभएको छ । सन्देशमा भनिएको छ, “ उभौली पर्वले हामी बीचको सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।”

जाडो सकिएर गर्मी मौसम सुरु भएसँगै मानिस, जीवजन्तु तथा पशुपंक्षीहरू उँधोबाट उँभोतिर बसाइँ सर्ने समयमा वैशाख शुक्ल पूर्णिमाको दिन किराँत समुदायद्वारा मनाइने उभौली पर्वको अवसरमा लगाइएको अन्नबाली सप्रियोस्, खडेरी, बाढी र पहिरो जस्ता प्राकृतिक विपत्तिहरू नआउन् भनी प्रकृति र पितृको पूजा गर्ने विशिष्ट परम्परा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button