बझाङमा यार्सा सङ्कलनमा हिँडेका एक जनाको निधन, एक बेपत्ता
बझाङ । बझाङमा यार्सागुम्बा सङ्कलन गर्न हिमाली भेग गएका एक जनाको निधन भएको छ भने एक जना बेपत्ता हुनुभएको छ ।
सुर्मा गाउँपालिका–४ बस्ने अन्दाजी ४५ वर्षीय प्रभु बोहराको मङ्गलबार यार्सागुम्बा सङ्कलनका क्रममा अत्यधिक हिमपात र पानी परेपछि घर आउने बेला चिसोले कठ्याङ्ग्रिएर बाटोमै निधन भएको प्रहरी निरीक्षक रमेश अवस्थीले बताउनुभयो ।
उहाँका अनुसार बोहरा यार्सागुम्बा सङ्कलन गर्न चुफी वनतिर जानुभएको थियो । मङ्गलबार नै सुर्मा गाउँपालिकाकै ३३ वर्षीया झल्लादेवी बोहरा हिमपहिरोमा परेर बेपत्ता हुनुभएको छ ।
उहाँको खोजीकार्य जारी रहेको प्रहरी निरीक्षक अवस्थीले बताउनुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्