तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली काँग्रेसबाट तीन जना मन्त्री थप 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान मन्त्रिपरिषद्मा नेपाली कांग्रेसका तर्फबाट तीन जनालाई मन्त्रीमा नियुक्त गरी कार्यभार तोक्नुभएको छ । 

राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा नेपाली कांग्रेसका धनराज गुरुङलाई कानून, न्याय तथा संसदीय मामिला,  मोहनबहादुर बस्नेतलाई स्वास्थ्य तथा जनसङ्ख्या र डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button