जनकपुरधाममा मिटर व्याजले पीडितहरूले उजुरी दिने क्रम बढ्दै

जनकपुरधाम । मिटर व्याजको जाँचबुझ गर्नका लागि बनेको आयोगको केन्द्रीय कार्यालय जनकपुरधाममा स्थापना भएपछि मिटर व्याजले पीडितहरूको उजुरी पर्ने क्रममा तीव्रता आएको छ ।
अहिले जिल्ला जिल्लामा मिटर व्याजले पीडित भएकाहरूले उजुरी दिने क्रम बढेको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषामा पनि मिटर ब्याजका कारणले पीडित भएकाहरूले उजुरी दिने क्रम बढेको कार्यालयले जनाएको छ ।
दैनिक रुपमा दुई दर्जन उजुरी परिरहरेको छ । कतिपय उजुरी कर्ताले साहुबाट लिएको रकमको तीन गुणाले बनाएको कागज बराबरको रकम तिर्दा पनि बाँकी भएको भन्दै उल्टै साहसले अदालतमा मुद्दा चलाएर दुःख दिने गरेको गुनासो गरेका छन् ।
मिटर व्याज पीडितहरूका लागि नेपाल सरकारले इन्टरनेटमा फारम राखेकाले त्यसबाट नै डाउन लोड गरेर प्रिन्ट गरि फारम भरेर उजुरी दिन मिल्ने भएको छ ।
मिटर व्याज पीडितको जाँचबुझ गर्नका लागि गठन गरेको आयोगले पनि परेका उजुरीहरूमाथि पीडित तथा पिडकलाई बोलाएर छलफल गराई छानविन गर्ने भएको छ ।
गत आइतबारदेखि वैशाख ३१ गतेसम्म १५ दिनभित्र उजुरी दिनुपर्ने आयोगले जनाएपछि अहिले उजुरी दिनेहरूको सङ्ख्या व्यापक मात्रामा बढेको छ ।
मिटर ब्याज पीडितहरूले आफूसँग उपलब्ध रहेका प्रमाणसहित अनलाइनबाट सिधैँ आयोगमा वा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सक्ने भएकाले उजुरी दिने क्रम बढेको हो ।
प्रत्येक जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याज पीडित सहायता कक्ष स्थापना गरिएको छ । सहायता कक्षमा निवेदन फाराम निःशुल्क उपलब्ध रहेको छ । तर कतिपय पीडित व्यक्तिहरूले आफै बाहिर गएर शुल्क लिएर फारम लिई भरेर निवेदन लिइरहेका छन् ।
गत आइतबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरव्याज पीडित जाँचबुझ आयोगको केन्द्रीय कार्यालयको जनकपुरधाममा उद्घाटन गर्नु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्