तपाईँ सुन्दै हुनुहुन्छः

‘आगामी बजेटमा कृषि र उत्पादनमूलक क्षेत्रलाई जोड दिइने’

दोलखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी बजेटमा कृषि र उत्पादनमूलक क्षेत्रलाई जोड दिइने बताउनुभएको छ ।

दोलखाको जिरी नगरपालिका २ मालीमा पुनर्निर्माण गरिएको ङ्याग्युर येश्ये ख्युङ्जोङलिङ (यलुङ) गुम्बा उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहालले हाल मुलुकमा रेमिटेन्स र बैङ्कको तरलता समेत सहज भएको बताउनुभयो । उहाँले बैङ्कको तरलता सहज भएकोले केही दिनभित्रै ब्याजदर घट्ने र मुलुकको आर्थिक अवस्था लयमा फर्कने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले दोलखाको जिरी–माली–श्यामा सडक कालोपत्रे गरेर पर्यटकीय विकासमा सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

कार्यक्रममा दोलखाबाट निर्वाचित संघीय सांसद गंगा कार्की, नेपाली कांग्रेसका नेता जीपछिरीङ लामा, बागमती प्रदेशका पूर्व मन्त्री विशाल खड्का, जिरी नगरपालिकाका प्रमुख मित्र जिरेल, गौरीशङ्कर गाउँपालिकाका प्रमुख विश्वास कार्की, शैलुङ गाउँपालिकाका प्रमुख रिमालबाबु श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button