तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली क्रिकेट खेलाडीलाई एमाले अध्यक्ष ओलीको बधाई

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली खेलाडीलाई बधाई ज्ञापन गर्नुभएको छ ।    

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत फाइनल खेलमा युनाइेटड अरब इमिरेट्स (युएई)लाई सात विकेटले पराजित गरेकामा नेपाली खेलाडीलाई बधाई दिनुभएको हो । उहाँले नेपाली क्रिकेट टोलीसहित सम्पूर्ण नेपालीलाई बधाई ज्ञापन गर्नुभएको छ ।  

आजको जितसँगै नेपाल आगामी सेप्टेम्बरमा हुने एसिया कप क्रिकेटका लागि छनोट भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button