तपाईँ सुन्दै हुनुहुन्छः

एसीसी प्रिमियम कप : सोमवारको बाँकी खेल आज हुँदै

काठमाडौँ । एसीसी प्रिमियर लिग क्रिकेटमा नेपाल र युएईबीच हिजो रोकिएको फाइनल खेल आज पुनः हुदैछ । टियु क्रिकेट मैदानमा वर्षाका कारण प्रभावित बनेपछि स्थगित भएको खेल आज फेरि हुन लागेको हो ।

नेपाल क्रिकेट सङ्घ क्यानका अनुसार आज हुने खेल हिजकै स्कोरबाट निरन्तर हुनेछ । आज रोकिएकै ओभरबाट खेल ९ बजेदेखि सुरु हुनेछ । टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलव ३ ओभरमा ९ विकेटका क्षतिमा १०६ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो ।

खेल रोकिनुअघि नेपालका लागि ललित राजबंशीले तीन विकेट लिएका थिए भने करण केसी र सन्दीप लामिछानेले दुई-दुई विकेट लिए । यसअघि नेपाल समूह ‘ए’ को विजेता बन्दै फाइनलमा पुगेको थियो ।

तर, वर्षाको कारण सुपर ओभर पनि हुन नसकेको खण्डमा भने नेपालले जीत हासिल गर्नेछ, त्यसका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयता हेरिनेछ । बरियताको आधारमा आधारमा युएई भन्दा अगाडी रहेकाले नेपाल स्वतः एसियाकपमा छनोट हुनेछ। 

आईसीसीको एकदिवसीय वरियतामा नेपाल १४औँ र युएई १९ औँ स्थानमा रहेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button