तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकियो

काठमाडौँ । नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाका कारण प्रभावित भएको छ । पानी परेसँगै खेल रोकिएको छ भने मैदानमा कभरहरु ल्याइएको छ ।

खेल रोकिनुअघि यूएईले १६ ओभरमा ५ विकेटको क्षतिमा ६० रन बनाएको छ । नेपालका लागि करन केसीले दुई तथा सन्दीप लामिछाने, सोमपाल कामी र ललित राजवंशीले एक विकेट लिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button