एसीसी प्रिमियर कप : फाइनलमा नेपाल युएईसँग खेल्दै
काठमाडौँ । राजधानीमा जारी मेन्स एसीसी प्रिमियर कपको फाइनल खेलमा सोमबार नेपालले युएईसँग खेल्दैछ ।
नेपाल र युएईबिचको खेल सोमबार बिहान नौ बजे सुरु हुनेछ । युएईलाई पराजित गरेर नेपालले पहिलो पटक एसिया कपमा स्थान बनाउन चाहन्छ ।
नेपाल र युएई एक दिवसीय अन्तर्राष्ट्रियका लागि परिचित प्रतिद्वन्द्वी हुन् । नेपाल र युएईबिच एक दिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्म १३ पटक प्रतिस्पर्धा भएको छ । नेपाल ७ पटक विजयी हुँदा ६ पटक युएईले खेल आफ्नो पक्षमा पारेको छ ।
एसिसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानका लागि भएको ओमान र कुवेतबिचको खेल वर्षाका कारण रद्द भएको छ ।
खेल रद्द भएपछि नतिजा आउन नसक्दा यो खेल ओमानको पक्षमा गएको छ ।
त्रिवि मैदानमा कुवेतले दिएको १३१ रनको लक्ष्य पन्छाइरहेको ओमानले ५ ओभरमा विना विकेटको क्षतिमा ३२ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्ता पाएको कुवेत ३१ दशमलब ३ ओभरमा १३० रनमा अलआउट भयो ।
जसमा अडनान इडरेसले सर्वाधिक ३४ रन बनाए । ओमानका जय ओडेड्रले ५ विकेट हात पारे ।








प्रतिक्रिया राख्नुहोस्