तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य अवस्थामा सुधारपछि राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

फाइल तस्बिर

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा उल्लेख्य सुधारपछि आज राति भारतबाट स्वदेश फर्किँदै हुनुहुन्छ । 

राष्ट्रपति कार्यालयका अनुसार स्वास्थ्य उपचारका लागि झण्डै दुई साताअघि भारत पुग्नुभएका राष्ट्रपति पौडेल आजै राति नेपाल एयरलाइन्सको नियमित उडानबाट नेपाल फर्किँदै हुनुहुन्छ । 

उहाँ स्वास्थ्य उपचारका लागि यही वैशाख ६ गतेदेखि भारतको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचाररत हुनुहुन्थ्यो । 

स्वास्थ्यमा उल्लेख्य सुधारपछि घर फर्किए पनि केही हप्ता पर्याप्त आराम गर्न राष्ट्रपति पौडेललाई उपचारमा संलग्न चिकित्सकको सुझाव छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button