सांसद भण्डारी आज नेपाल फर्कनुहुँदै

काठमाडौं । सांसद चन्द्रकान्त भण्डारी आज स्वदेश फर्कदै हुनुहुन्छ ।
गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक हुदाँ आगालागीमा परी गम्भीर घाइते हुनुभएका भण्डारी झन्डै तीन महिनाको स्वास्थ्य उपचारपछि आज (आइतबार) स्वदेश फर्कन लाग्नुभएको हो ।
भण्डारी दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत स्वदेश फर्कन लाग्नुभएको हो । उहाँ साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अबतरण गर्नुहुनेछ ।
नेपाली कांग्रेसका नेतासमेत रहनुभएका प्रतिनिधिसभा सदस्य भण्डारी झन्डै तीन महिनादेखी भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत रहनुहुन्थ्यो ।
सो आगलागीमा परी सांसद भण्डारी र उहाँकी आमा हरिकला भण्डारी गम्भीर घाइते हुनुभएका थियो । आमा हरिकलाको भने उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो।








प्रतिक्रिया राख्नुहोस्