संसद्का विषयगत समितिमा रहने सदस्यको नाम मनोनीत

काठमाडौँ । प्रतिनिधिसभाका विषयगत समितिमा रहनुहुने सदस्यको नाम मनोनीत गरिएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७३ बमोजिम १० वटा विषयगत समितिमा रहनुहुने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गर्नुभएको थियो ।
बैठकमा विषयगत समितिमा रहनुहुने सांसदहरूको नामसहितको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले अनुमोदन गरेको हो ।
प्रतिनिधिसभाका अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समितिमा रहनुहुने सदस्यका नाम मनोनीत गरिएको छ ।
बैठकमा प्रस्तुत हुन नसकेका मौखिक प्रश्नको उत्तर सम्बन्धित मन्त्रीहरूबाट टेबुल गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्