तपाईँ सुन्दै हुनुहुन्छः

उपनिर्वाचनबाट निर्वाचित दुई जना प्रतिनिधि सभा सदस्यको शपथग्रहण आज

काठमाडौं। उपनिर्वाचनबाट निर्वाचित दुई जना प्रतिनिधि सभा सदस्यहरुले आज शपथग्रहण गर्दै हुनुहुन्छ ।

चितवन २ बाट निर्वाचित रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित स्वर्णिम वाग्लेले आज बिहान साढे ११ बजे शपथ ग्रहण गर्न लाग्नुभएको हो । उहाँहरुलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथग्रहण गराउनुहुनेछ ।

बारा २ बाट निर्वाचित उपेन्द्र यादव भने जिल्लामै रहेकाले उहाँको सपथग्रहण कार्यक्रम तय भैनसकेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो ।

यसअघि कांग्रेसले जितेको तनहुँ १ बाट रास्वपाका वाग्ले निर्वाचित हुनुभएको हो भने आमनिर्वाचनमा जनमत पार्टीका सीके राउतसँग सप्तरी २ मा पराजित भएका जसपा अध्यक्ष उपेन्द्र यादव बारा २ बाट निर्वाचित हुनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button