तपाईँ सुन्दै हुनुहुन्छः

पुनर्वासमा नाला तर्ने क्रममा डुबेर एक महिलाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा नाला तर्ने क्रममा डुबेर एक महिलाको मृत्यु भएको छ ।

पुनर्वास नगरपालिका वडा १० विकास बस्ती बस्ने अन्दाजी २८ वर्षीया तारा बिष्टको बिहीबार बिहान घाँस काट्न भनी नजिकैको लमैया नाला तर्ने क्रममा डुबेर मृत्यु भएको हो ।

नालामा घाँटीसम्म डुब्ने गरी पानी भरिएको बताइएको छ । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्ती पुनर्वासले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button