तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

​​​​​​​काठमाडौँ । राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज दिउँसो १ बजेर १ मिनेटमा बैठक सुरु हुनेछ।

बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिने सहितको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।

त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले “प्रतिलिपि अधिकार (पहिलो संशोधन)विधेयक, २०७६ फिर्ता गरियोस्” भन्ने प्रस्ताव सभा समक्ष पेस गर्नुहुने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव डा.भरतराज गौतमले जारी गर्नुभएको सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button