१६ लाख मूल्यको २१ टन चिनीसहित एक जना पक्राउ

नवलपरासी । पश्चिम नवलपरासीमा भन्सार छली गरेर ल्याउँदै गरेको १६ लाख बराबरको चिनीसहित कारोबारमा संलग्न १ जना व्यक्तिलाई प्रहरीले नियन्त्रण लिएको छ।
भारतबाट भन्सार छली ना ६ ख २९०३ नम्बरको ट्रकमा ल्याउँदै गर्दा पूर्वपश्चिम राजमार्गको बर्दघाटबाट चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभयो। कारोबारमा संलग्न सिराहा धनगढीमाई १० नगरपालिका बस्ने विरेन्द्र ठाकुरलाई नियन्त्रण लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले ४२० बोरामा रहेको करिब २१ हजार केजी चिनी बरामद गरेको हो । बरामद चिनीसहित पक्राउ परेका ठाकुरलाई आवश्यक अनुसन्धानका लागि राजस्व कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ। बरामद भएको चिनीको बजार मूल्य करिब १६ लाख रुपैयाँ पर्ने प्रहरीको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्