तपाईँ सुन्दै हुनुहुन्छः

समयमै पुस्तक पाएपछि विद्यार्थी हर्षित

डडेल्धुरा । डडेल्धुरामा चालु शैक्षिक सत्रमा समयमै पुस्तक पाएपछि विद्यार्थीहरू हर्षित भएका छन् । गत सालहरूमा शैक्षिक सत्र शुरु भएको दुई तीन महिनापछि मात्रै किताब पाइने भए पनि यो वर्ष समयमै पाइएपछि उनीहरू खुसी देखिएका छन् ।

यस वर्ष समयमै पाठ्यपुस्तक पुगेको र विद्यार्थीलाई वितरण गरिरहेको घटाल माविका प्रधानाध्यापक गणेशबहादुर साउदले बताउनुभयो । ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ नारासहित भर्ना अभियान समेत सञ्चालनमा रहेको उहाँको भनाई छ ।

शैक्षिक सत्रको सुरुमै पाठ्यपुस्तक विद्यालयमा पुग्न लागेकोले पढाइमा समस्या नहुने शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख नारदप्रसाद जोशीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button