तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस उम्मेदवार भट्टराईलाई २४ घण्टे स्पष्टिकरण

भ्वाइस म्यासेज पठाएर मत मागेको उजुरी

तनहुँ ।  जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले तनहुँ  निर्वाचन क्षेत्र नम्‍बर १ का उम्मेदवार गोविन्द भट्टराईलाई २४ घन्टे स्पष्टिकरण सोधेको छ। 

मौनअवधि सुरू भइसकेपछि अर्थात् बैशाख ७ गते राति मोबाइलबाट भ्वाइस म्यासेज पठाएर मत मागेको उजुरी परेपछि नेपाली कांग्रेसका उम्मेदबार भट्टराईलाई स्पष्टिकरण सोधिएकाे हाे ।

समितिले उहाँलाई २४ घन्टाभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा आफैं‌ वा प्रतिनिधिमार्फत् उपस्थित भएर स्पष्टिकरण पेश गर्न भनेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button