फिदिमको चम्पेटारमा पिकअप दुर्घटना हुँदा १ को मृत्यु, ५ घाईते
पाँचथर । पाँचथरको फिदिम नगरपालिका ११ चम्पेटारमा मे १ ज २९५८ नम्बरको पिकअप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । पाँचथर प्रहरीका अनुसार दुर्घटनामा परी फालेलुङ ८ लुवाफुका ३० वर्षीय साजन केरुङको मृत्यु भएको हो ।
पिकअपमा सवार १० जना मध्ये ५ घाइते भएका छन् । बाँकी ४ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
फालेलुङ ८ लुवाफुदेखि फिदिमतर्फ आउँदै गरेको पिकअप फिदिम फालोट सडकखण्डको चम्पेटारमा दुर्घटनामा परेको हो ।
चालक समेत रहेका सवारी धनी छवि अधिकारी सहित ५ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि पाँचथर अस्पताल ल्याइएको छ ।








प्रतिक्रिया राख्नुहोस्