गण्डकी प्रदेश : मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त भएन
पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउन सक्नुभएन । आज बसेको प्रदेश सभा बैठकमा अधिकारीको पक्षमा २४ र विपक्षमा ३५ मत रह्यो ।
मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेसँगै उहाँको नेतृत्वको सरकार ढलेको छ ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक बाध्यताका कारण अधिकारीले शनिबार प्रदेश सभाबाट विश्वासको मत माग्नुभएको थियो ।
अधिकारी गत पुस २५ गते एमालेसहित, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । गत चैत १० गते माओवादी केन्द्रले मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारबाट हटेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
भोटिङमा जम्मा ५९ मत खसेको थियो । ६० सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ३१ सांसदको समर्थन आवश्यक पर्दछ ।








प्रतिक्रिया राख्नुहोस्