तपाईँ सुन्दै हुनुहुन्छः

पृथ्वी दिवसको अवसरमा ललितपुरमा साइकल र्‍याली (भिडियो)

ललितपुर I आज पृथ्वी दिवसको अवसरमा ललितपुरमा साइकल र्‍याली सम्पन्न भएको छ ।

नेपाल युएस एलमुनाइ नेटवर्क (नुसान) र  इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनमिक रिसर्च (आइएसएसआर) को संयुक्त आयोजनामा ललितपुरको पाटन दरबार क्षेत्रदेखि लुभुको महालक्ष्मी मन्दिरसम्म साइकल र्‍याली सम्पन्न भएको हो ।

साइकल र्‍यालीको शुभारम्भमा धारणा राख्नुहुँदै नेपालका लगि अमेरिकी राजदूत डिन आर थम्पसनले  यो महत्त्वपूर्ण कार्यक्रम मार्फत नेपाली समुदायसँग सहकार्य गर्न पाएकोमा निकै खुसी लागेको बताउनु भयो ।

साइकल र्‍यालीको शुभारम्भमा पाटन दरबार क्षेत्रमा मन्तव्य राख्नुहुँदै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले यो साइकल र्‍यालीले ललितपुर महानगरले स्मार्ट सिटी बनाउन गरिरहेको अभियानलाई सहयोग पुग्ने बत्ताउनु भयो । ललितपुर महानगरलाई स्मार्ट सिटी बनाउने अभियान अन्तर्गत नेपालमा पहिलोपटक हामीले साइकल लेन बनाएका छौँ । अहिलेसम्म हामीले ३२ दशमलव ५ किलोमिटर साइकल लेन बनाइसकेका छौँ । 

भिडियो :

प्रतिक्रिया राख्नुहोस्

Back to top button