तपाईँ सुन्दै हुनुहुन्छः

बिद्युत् सर्ट भई आगलागी हुँदा लाखौँ मूल्यको क्षति

बारा । बाराको जीतपुरमा एक इलेकट्रोनिक्स पसलमा बिद्युत् सर्ट भई आगलागी हुँदा लाखौँ मूल्यको क्षति भएको छ । 

जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको अन्सारी इलेकट्रिकल एण्ड ईलेक्ट्रोनिक्समा आगलागी भएको हो । 

गएराती पसलमा आगलागी हुँदा करिब ४५ लाखको क्षति भएको ईलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ  । 

आगलागी भएको करिब ३० मिनटभित्र स्थानीय, जीतपुरसिमरा उपमहानगरपालिकाको वारुणयन्त्र र प्रहरीको सहयोगमा आगो नियन्त्रण गरिएको थियो ।

आगलागीबाट पसलको गोदाममा बढी क्षति भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button