राष्ट्रिय एकता, दिगो शान्ति, विकास र समृद्धिका लागि सरकार लागिपरेको छ : प्रधानमन्त्री

बारा । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले अहिलेको सरकार राष्ट्रिय एकता, दिगो शान्ति, विकास र समृद्धिका लागि लागिपरेको बताउनुभएको छ ।
पाँच दलीय गठबन्धनद्वारा महागढीमाई नगरपालिका वडा नम्बर १ स्थित रहेको गढीमाई मन्दिरको प्राङ्गणमा आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधानको रक्षा गर्नका लागि पाँच दलीय गठबन्धन भएको बताउनुहुँदै राष्ट्रिय एकता, दिगो शान्ति, विकास, समृद्धिका लागि अहिलेको सरकार लागि परिरहेको कुरामा जोड दिनुभयो ।
साथै प्रधानमन्त्री दाहालले अब चाडै निजगढ विमानस्थलको शिलान्यास गर्ने कुरा बताउनुभयो । विमानस्थलको सबै प्रक्रिया शुरु भइसकेको हुँदा निर्माणको प्रक्रिया चाँडै नै शुरु भई काम अगाडि बढाउने मातहतका सबैलाई निर्देशन दिइसकेको बताउनुभयो ।
गढीमाई मन्दिरलाई राष्ट्रिय स्तरको रुपमा विकास गर्दै विकास कोषको रुपमा परिणत गर्ने मटियर्वा भन्सारलाई सुचारु गर्न, नागरिकता विधेयक राष्ट्र«पतिबाट प्रमाणीकरण गराई पास गराउन, मधेसमा विद्युतीय सिचाई निर्माण गर्ने, अर्थतन्त्रलाई सुधारोन्मुख गर्नेका लागि सरकार अगाडि बढिरहेको कुरामा जोड दिनुभयो ।
भ्रष्ट्राचारलाई शून्य सहनशीलतामा झार्दै अर्थतन्त्रलाई उकास्ने काम पनि गठबन्धनको सरकार लागी परेको प्रधानमन्त्री दाहालको भनाई रहेको थियो । ५ बर्ष सम्म यो पाँच दलीय गठबन्धन रही रहने भएको हुँदा अझै यसलाई प्रगाढ बनाउने दिशा अघि बढ्नुपर्ने उहाँको कथन रहेको थियो ।

उपेन्द्र यादव मधेसको जनताको अधिकारको लागि लडी रहने नेता भएको हुँदा उहाँलाई जिताउन आग्रह समेत गर्नुभएको थियो । सोही कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रलाई सिद्ध्याउने काम नेकपा एमालेका अध्यक्ष केपी ओलीले गर्ने षडयन्त्र गरेको हुँदा सो षडयन्त्रलाई चिर्न र देशमा प्रजातन्त्रलाई दिगोपन बनाउने अनि अहिले सम्मको प्राप्त उपलब्धिलाई रक्षा गर्नका लागि अहिलेको गठबन्धन भएको प्रष्ट पार्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एसका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले मुलुकमा स्थायित्व कायम गर्न शान्ति कायम र कानुनी राज्यलाई परिपालना गराउने दिशामा यो गठबन्धनले लागि परेको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै जसपाका केन्द्रिय अध्यक्ष एवम् बारा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार उपेन्द्र यादवले यस क्षेत्रको विकासको कुनै कसर बाकी नराख्ने बताउँदै मधेस सँग पटक पटक धोका पाएका केपी ओलीको हकवादी अव नरहने कुरामा जोड दिनुभएको थियो ।
राज्यको ध्यान अहिले बारा निर्वाचन क्षेत्र नम्बर २ मा रहेको हुँदा गठबन्धनको सरकारले यहाँ शिक्षा, स्वास्थ्य, सिचाई, खानेपानी, बाटोघाटो, कृषिका लागि सहज सुलभ रुपमा मल खाद उपलब्ध गराउन माग गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै लोसपाका नेता जितेन्द्र सोनलले तराई मधेसको समस्या अहिलेको गठबन्धनले नै समाधान गर्ने कुरामा जोड दिनुभयो ।
सङ्घीयता कमजोर पार्ने षडयन्त्र भइरहेको हुँदा बचाउनका लागि गठबन्धन कसिएर लाग्नुपर्ने धारण ब्यतm गर्नुभएको थियो । नेपाली काँग्रेसका जिल्ला सभापति राजेशराय यादवको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा काँग्रेसका महिला नेतृ बबिता जयसवाल, लोसपाका नेता मोतिलाल कुसवाहा लगायतकाले आफ्नो बिचार ब्यक्त गर्नुभएको थियो ।
नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक अनिल कुमार श्रेष्ठको सञ्चालनमा सम्पन्न सो कार्यक्रममा महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादव, उपप्रमुख तारादेवी कानु, जिल्ला अध्यक्ष यादव, सचिव भैयाराम यादव, महागढीमाई नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष मनोज साहले संयुतm रुपमा ५१ किलोको माला लगाई स्वागत गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्