तपाईँ सुन्दै हुनुहुन्छः

५० हजार तयारी चिया सूर्योदयमा नष्ट

इलाम फिक्कल। इलामको सूर्योदयनगरपालिकामा ५० हजार गुणष्तर हिन तयारी चिया नष्ट गरिएको छ । सूर्योदयनगरपालिका वडा न ५ मा रहेको समाल भ्याली टि स्टेड प्रालिले तयारी चिया सूर्योदय नगरपालिकाले खान योग्य नभएको भन्दै खाडलमा पुरेर नष्ट गरिदिएको हो ।

कारखानाले मुना नभई चिया प्रसोधन गर्दा आउने डष्ट तथा सिन्का डाठँको तयारी चिया उत्पादन र खरिद समेत गरेर बिक्री गर्न तयारी अवस्थामा राखेको अनुगमनको क्रममा पाईएपछि नगरपालिकाले त्यस्तो चिया नियन्त्रणमा लिएर नष्ट गरेको नगरपालिकाका उपप्रमुख दुर्गा बरालले जानकारी दिनु भयो ।

उपप्रमुख बरालले सूर्योदयनरपालिकाले चिया क्षेत्रमा देखिएको समस्या समाधान गर्नको लागि हरसम्भव सबै सगँ मिलेर सहकार्य गरीरहेको र चियाको गुणष्तर बढाउन कारखाना अनुगमनमा जानेक्रममा प्याकेजिङ गरिएको चिया खोलेर हेर्दा गुणष्तर हिन चिया पाइएको र उक्त चिया ठुलो परिणाममा रहेकोले नगरपालिकाले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने यदि भारत पठाएको खण्डमा नेपालको चियाकै गुष्णतरमा प्रश्न उठ्ने भएकोले तुरुनतै नगरप्रहरी खटाएर चिया नियन्त्रणमा लिएको र आज सबै पक्षको साथमा नष्ट गरिएको बताउनु भयो ।

उपप्रमुख बरालले कारखानाले गरेको यहि गल्तिको कारणले कारखानानै शिल गरेर अनुसन्धान गर्न पनि सकिने भए पनि कारखाना बन्द हुदा सयौ चिया किसानको चिया प्रसोधन हुन नसक्ने र किसान मारमा पर्ने देखेर एक पटकको लागि आगामी दिनमा .यस्तो गल्ति नगर्ने सर्तमा सचेत गराएको र अहिलेले कारखाना सञ्चालन गरीरहने वातावरण मिलाएको बताउनु भयो ।

उहाँले अव नगरको सबै कारखानामा कडाईका साथ निगरानी र अनुगमन गर्ने जानकारी दिनु भयो । सूर्योदयनगरपालिका चियाको गुणष्तर सुधार गर्दै चियाको अन्र्तराष्टीय बजार उच्च बनाउन र चियाको दिगो समस्या समाधान गर्न लागिरहेको अवस्थामा प्युर नेपाली चिया नाममा गुणष्तरहिन चिया प्याकेजिङ गरी बेच्न तयारी पारिएको र यदि भारत पठाउदा स्याम्पल परिक्षण भए नेपालको सबै चियाको बजारलाई यसले गभिंर असर पार्ने भएकोले पनि तुरुन्त नगरपालिका एक्सनमा गएको चिया समाधान समितिका सयोंजक तथा वडा न १० का अध्यक्ष पेमा उगेन लामाले जानकारी दिनु भयो ।

चिया प्रसोधन ग्रेडिङ हुदा अन्तिम अवस्थाको चिया भएको र यस्तो चिया हरेक कारखानामा उत्पादन हुने यसलाई नष्ट नगरी प्याकेजिङ गरेर नेपालको नाम सहित बिक्रीको लागि तयारी गर्दा यसले नेपालकोे चियाको गुणष्तरमै नकरात्मक असर पर्ने तथा यसको प्रयोगले मानव स्वास्थ्यमा असर पनि पर्ने भएकोले नगरपालिकाले आफनै निगरानीमा चिया नष्ट गर्ने काम गरेको वडा अध्यक्ष लामाले जानकारी दिनु भयो ।

लामाले भन्नु भयो “उद्योगमा जति धेरै राम्रो मापदण्ड पुगेको गुणष्तरीय हरियो पति आयो त्यतिनै कम सिन्का डाँठ उत्पादन हुन्छ त्यसैले यस्ता कम गुणष्तरको चिया उत्पादन घटाउदै नेपालको चियाको गुणष्तर बढाउन किसानले चिया टिपाईमा पनि ब्यापक सुधार ल्याउनु पर्छ ।”भण्डारण गरेर राखिएको चिया मात्र हैन बेच्न प्याकेजिङ गरेर तयारी राखिएको चिया पनि डस्ट तथा सिन्का सहितको गुणष्तरहिन हुनु यो कुरा अन्तराष्टीय बजार सम्म पुगे नगरपालिकाको मात्र हैन नेपालकै चियाको गुणष्तरमा प्रश्न उठने भएकोले पनि यो चिया नियन्त्रणमा लिएर नष्ट गर्ने काम गरिएको लामाको भनाई छ ।

समाल भ्यालि टि स्टेडमा मेनेजर अमन जैसवालले आफनो कारखानाको मात्र नभई नगरका अरु कारखानाबाट पनि प्रतिकेजि रु २५ मा खरिद गरेको जानकारी दिदै पहिला पहिला भारत लगायतका बजारमा आफुहरुले यस्तो प्रकारको चिया केहि मात्रमा बिक्री गरेको कारण पनि यसपटक पनि प्याकेजिङ गरेको तर नगरपालिकाले यस्तो चिया बिक्री गर्न नहुने भनेपछि नगरपाकिाकै रोहबरमा नष्ट गर्ने काम गरेको बताउनु भयो । ्मेनेजर जैसवालले बताए अनुसार यो चिया खाद्य चियाकै रुपमा बजारमा पठाईने गरिएको पाईएको छ अन्यन्तै धेरै धुलो र सिन्का भएको चिया कारखानाले प्याकेजिङ गरेर प्युर नेपाली चियाको नाममा बेच्न तयारी गरीरहेको पाउदा हामी कस्तो चिया पिउदैछौँ भन्ने प्रश्न उठेको छ । मेनेजर जैसवलालले आफुहरुबाट गल्ति भएको स्वीकार गर्दै अब अरु कारखानाबाट खरिद पनि नगर्ने र आगामी दिनमा यस्तो काम पनि नगर्ने बताउनु भयो ।

उहाँको अनुसार नष्ट गरिएको चिया १५ लाख बराबरको हो तर यसको प्याकेजिङ लगायतमा पनि निक्कै ठुलो रकम खर्च भएको देखिन्छ । जैसवालले यस्तो चिया आफनो कारखानले मात्रै बिक्री गर्ने नभई अरु कारखानाले पनि बिक्री गर्ने गरेको बताउनु भयो । भारतिय बजारमा जाने भएकोले आफुहरुले अरु कारखानाबाट पनि चिया खरिद गरेको जानकारी दिनु भयो ।

चिया बिस्तार योजनामा फिक्कलका नविन कोईरालाले चिया प्रसोधन गर्दा निस्कीने सिन्का डष्ट आदि चिया खान नमिल्ने चिया बितरणको लागि तयारी गरिनु गलत भएको बताउनु भयो ।उहाँले नेपाल सरकारले तोकेको परिधी क्रुड फाईबर १५ प्रतिशत हुनु पर्ने र टोटल भष्म ५ देखि ८ प्रतिशत हुनुपर्ने लगायतको मापदण्ड भन्दा बढि हुने लगायतका कारण उक्त चिया मानव स्वास्थ्यको लागि पुर्ण रुपमा हानिकारक हुने बताउनु भयो ।

सूर्योदय टि एसोसिएशन प्रा लि का अध्यक्ष उत्तम कुमार श्रेष्ठले यो कार्य जसले गरे पनि गलत भएको बताउनु भयो । उहाँले कसैले किन्छ भने अरु कारखानाले बेच्नु स्वभाविक भएको दावी गर्दै यो मलखादको रुपमा प्रयोग गर्न सकिने तर खानाको लागि प्रयोग गर्न नसकिने चिया आफनै प्युर नेपालकोे नाममा बिक्री गर्नु चाहि सहि नभएको बताउनु भयो ।

वडा न ५ का वडा अध्यक्ष उर्गेन बम्जनले प्रकृतिको डस्ट सिन्का लगायत खाने चियाकै रुपमा बिक्री गर्ने गरेको आफुले पहिलो पल्ट सुनेको बताउदै चियाले कतै अवार्ड पाउदै गरेको अवस्थामा यस्तो गुणष्तरहिन चिया बजारमा जादा नेपालको चिया गुणष्तरीय छैन भन्ने सन्देश बाहिर गए निक्कै घातक भएको बताउनु भयो ।

सुर्योदयमा मेयर रणबहादुर राई निर्वाचित भएर आए पछि नै चियाको समस्या समाधानको लागि बिशेष पहल हुदै आएको छ । मेयर राईकोे अग्रसरतामा २०७५ सालमा हरियो चिया पतिको न्यूनतम समर्थन मुल्य समेत तोकेर चियाको मापदण्ड निधारण गरिएको छ । त्यहिकारण पनि अहिले कारखानाले न्यनतम ४० रुपैया मुल्य दिईरहेको पाईएको छ । चियाकै समस्या समाधान गर्न नगरले गत माघमा चिया समस्या समाधान समिति गठन गरेको छ । सरोकार वाला सगँ ब्यापक छलफल परामर्श र सुझाव लिएर चियाको समस्या समाधान गर्ने र नगरको चियाको गुणष्तर उच्च राख्ने योजनाका साथ समिति गठन गरिएको नगर प्रमुख राईले बताउदै आउनु भएको छ ।

नगरमा बनेको कार्यबिधि पालना नभएको गुनासो अहिले पनि ब्यापक रुपमा आउने गरेको छ यहि समयमा चिया कारखानामै तयारी चियाको ठुलो परिमाण गुणष्तर हिन भेटिनुले तरगं पैदा गरेको छ । चिया क्षेत्रको समस्या समाधान नगरको एक्कल प्रयासले मात्र सम्भव नहुने चिया ढुवानी कर्ता प्रसोधन कारखाना सकंलक चिया किसान सबैको सामुहिक प्रयास बाट मात्र समाधान हुने नगरको भनाई छ ।नगरपालिकाले चियाको गुणष्तर राम्रो बनाउन अब चिया टिपाईलाई नै सुधार गर्नु पर्ने बिज्ञको सुझाव छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button