यमनको राजधानी साना’मा भिडभाडमा परि कम्तीमा ७८ जनाको मृत्यु
काठमाडौं । यमनको राजधानी सनामा रमजानको अवसरमा वितरण गरिने रकम लिन भेला भएका मानिसहरूको भिडभाडमा परि कम्तीमा ७८ जनाको मृत्यु भएको छ ।
एउटा विद्यालयमा आयोजना गरिएको कार्यक्रममा प्रतिव्यक्ति उपलब्ध गराइने ९ अमेरिकी डलर लिन भेला भएकाहरू भिडभाडमा च्यापिदा उक्त सङ्ख्यामा मानिसहरूको ज्यान गएको हो ।
सन् २०१५ मा यमनी सरकारलाई अपदस्थ गरेपछि त्यहाँ हुथी विद्रोहीको वर्चस्व कायम रहँदै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्