‘सङ्घीयताको कार्यान्वयन र संघीय ऐन कानुन निर्माणलाई प्राथमिकतामा राखेर काम गर्छु’

काठमाडौँ । उपप्रधान एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री पूर्णबहादुर खड्काले सङ्घीयताको कार्यान्वयन र संघीय ऐन कानुन निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ ।
आज सिंहदरबार स्थित कानुन न्याय तथा संसदीय मामिला मन्त्रीको पदभार ग्रहण गर्नुहुँदै मन्त्री खड्काले ऐन तथा कानुन निर्माण गर्ने र पारित गर्ने पक्रियालाई ध्यानमा राख्दै तीव्र र प्रभावकारी रुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्ने बताउनुभयो ।
मन्त्री खड्काले संघीय ऐन निर्माण हुन नसक्दा प्रदेश र स्थानीय तहलाई समेत प्रभाव पर्ने भएकोले हाल अघि बढेका ऐनलाई चाँडै पारित गर्न र आवश्यक कानुन निर्माणका लागि सम्बन्धित निकायसँग सहकार्य, समन्वय गरी अघि बढ्ने बताउनुभयो ।
मन्त्री खड्काले सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिनुहुँदै प्रधानन्यायाधीशको नियुक्ति चाँडै हुने बताउनुभयो । संवैधानिक परिषद्को आजको छलफल निष्कर्षमा पुग्न नसकेकोले थप छलफल मार्फत चाँडै निर्णयमा पुग्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्