तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु

बर्दिबास । महोत्तरीको गौशाला नगरपालिकास्थित गौशाला सम्सी सडक खण्डमा आज दिउँसो बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । 

गौशालाबाट बर्दिबासतर्फ आउँदै गरेको बा३ख २३९६ नम्बरको बस र मधेश प्रदेश ०१—००४प ६८१९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

मृतकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । 

ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको प्रहरी प्रवक्ता दिलीप गिरीले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button