‘सरकारलाई रचनात्मक सहयोग गर्न एमाले तयार’
सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले सरकारलाई नेकपा एमाले जति बेला पनि रचनात्मक सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा नेकपा एमाले कर्णाली प्रदेश कमिटीले आयोजना गरेको सङ्गठन सुदृढीकरण तथा विस्तार कार्यक्रम अन्तर्गत बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्वाङले जनताको हितमा आवश्यक कुनै पनि कानून निर्माणका लागि नेकपा एमाले सरकारलाई सहयोग गर्न तयार रहेको बताउनुभयो ।
उहाँले अविकसित र पिछडिएको कर्णाली भन्ने कुरालाई मुक्त बनाएर विकासको दिशामा अगाडि बढाउने जिम्मेवारी एमालेको भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीको मिसन ग्रासरुट अभियानले मुलुकमा तरङ्ग पैदा भएको बताउनुभयो । उहाँले एमालेलाई पहिलो पार्टी बनाएर राजनीतिमा स्थायित्व दिन दुई महिने ‘मिशन ग्रासरुट’ अभियान प्रभावकारी रहेको सुनाउनुभयो ।
बृहत् कार्यकर्ता भेलालाई सुवासचन्द्र नेम्वाङ, योगेशकुमार भट्टराई, यामलाल कँडेल, गोरखबहादुर बोगटी र शिवमाया तुम्बाहाम्फे लगायतले सम्बोधन गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्