तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रदेश सरकारको एक सय दिन उपलब्धिपूर्ण’

विराटनगर । कोशी प्रदेश सरकारले आफ्नो एक सय दिन उपलब्धिपूर्ण रहेको जनाएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक सय दिन पुरा गरेको अवसरमा आज मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा एक सय दिनमा गरेका कामको उपलब्धि सार्वजनिक गर्दै यस अघि १३ वटा रहेका मन्त्रालय घटाएर ९ वटा बनाएको र प्रदेशको नामाकंन गर्न सफल भएको बताउनुभयो ।

सरकारले एक सय दिनमा १ सय १६ किलोमिटर कालोपत्रे, उदयपुर तथा मोरङ जिल्लामा चार वटा पक्किपुल निमार्ण तथा १५ वटा झोलुङ्गे पुलको ९० प्रतिशत कार्य सम्पन्न गरेको जनाएको छ । त्यस्तै पूर्वाधार विकास कार्यालयबाट १० वटा वहुवर्षीय सडक आयोजना तथा धनकुटा अस्पतालमा एक सय बेड स्तरोन्नतिका लागि डिपीआर तयार गरी काम अघि बढाएको जनाइएको छ । जनता आवास कार्यक्रम अन्तर्गत ५६ वटा घर निर्माण र थप एक सय घर निमार्णका लागि सम्झौता लगायतका काम भएको प्रदेश सरकारले जनाएको छ ।

त्यस अवसरमा मुख्यमन्त्री कार्कीले सरकारले एक सय दिनमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभयो ।

समुन्नत प्रदेश निमार्णका लागि सबै दल मिलेर अघि बढ्नुपर्ने उहाँको भनाई थियो । निर्वाचनको परिणामले पनि दलहरूलाई मिलेर जान म्यान्डेट दिएकाले जनताको चाहना अनुसार पनि दलहरू मिलेर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button