तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य परीक्षण गराएर निवास फर्कनुभएको छ । 

स्वास्थ्यमा समस्या देखिएपछि उहाँ उपचारका लागि आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज जानु भएको थियो । उपचारका क्रममा चिकित्सकहरूले राष्ट्रपति पौडेलको बायाँ छातीको तल्लो भागको भिडियो एक्सरे गरी परीक्षण गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button